Posts

Showing posts from February, 2025

No Place Left

Image
येशुका आज्ञाहरु :-  १.  पश्चात्ताप र विश्वास गर :- मर्कुस १:१५      लूका ७:३६–५० ले एकजना पापिनी महिलाले येशूको खुट्टा आँसुले धोएर सुगन्धित तेल लगाएको कथा बताउँछ। यस घटनाले येशूको प्रेम, अनुग्रह, र क्षमाको शक्ति देखाउँछ। पापी स्‍त्रीलाई क्षमा       फरिसीहरूमध्‍ये एक जनाले उहाँलाई भोजन गर्न निम्‍तो दिए, र उहाँ त्‍यस फरिसीको घरमा गएर खान बस्‍नुभयो। त्‍यस सहरमा एउटी पापी स्‍त्री थिई। फरिसीको घरमा येशू खान बस्‍नुभएको छ भन्‍ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्‍यो त्‍यहाँ आई,र पछिल्‍तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्‍नो शिरका कपालले पुछ्‌दै उहाँका पाउलाई चुम्‍बन गरी, र त्‍यो अत्तर घस्‍न लागी। उहाँलाई निम्‍तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्‍न लागे, “यिनी अगमवक्ता हुँदा हुन्‌ ता यिनलाई छुने को र कस्‍ती स्‍त्री हो भनी यिनले जान्‍नेथिए, किनकि यो त पापीनी हो।”येशूले त्‍यस फरिसीलाई भन्‍नुभयो, “ए सिमोन, तिमीलाई केही भन्‍नु छ।” तिनले भने, “गुरुज्‍यू, भन्‍नुहोस्‌।”   “कोही साहूकारका दुई ऋणीहरू थिए, ...