येशुका आज्ञाहरु :-
१. पश्चात्ताप र विश्वास गर :- मर्कुस १:१५
लूका ७:३६–५० ले एकजना पापिनी महिलाले येशूको खुट्टा आँसुले धोएर सुगन्धित तेल लगाएको कथा बताउँछ। यस घटनाले येशूको प्रेम, अनुग्रह, र क्षमाको शक्ति देखाउँछ।
पापी स्त्रीलाई क्षमा
फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो। त्यस सहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई,र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी। उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।”येशूले त्यस फरिसीलाई भन्नुभयो, “ए सिमोन, तिमीलाई केही भन्नु छ।”तिनले भने, “गुरुज्यू, भन्नुहोस्।”
“कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए। तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?” सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।” अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्ना केशले पुछी। तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्बन गर्न छोड़ेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे। यसकारण म तिमीलाई भन्दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।”अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पाप क्षमा भएका छन्।”खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?”उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसाथ जाऊ।” लूका ७:३६–५०
यस पदअनुसार कथा :-
येशूलाई फरीसी सिमोनले आफ्नो घरमा भोजनको लागि निम्त्याउँछ। जब येशू भोजन गर्दै हुनुहुन्थ्यो, एक स्त्री आउँछिन्, जो समाजमा "पापी" भनेर चिनिन्थिन्। उनी येशूको खुट्टामा बस्छिन्, आँसु झार्छिन्, कपालले पुछ्छिन्, र महँगो सुगन्धित तेलले अभिषेक गर्छिन्।
सिमोन (फरीसी) यस घटनाबाट आश्चर्यचकित हुन्छन् र मनमनै सोच्न थाल्छन्, "यदि येशू साँचो भविष्यवक्ता हुनुहुन्थ्यो भने, यो स्त्री कस्ती पापी हो भन्ने थाहा पाउनुहुन्थ्यो!"सिमोनले येशूको पवित्रतामा शङ्का गर्छन्। येशूले सिमोनको सोच बुझेर एउटा दृष्टान्त सुनाउनुहुन्छ:(पद ४०-४३)
यो खण्डबाट सिक्नुपर्ने पाठ
(१) परमेश्वरको बारेमा के सिकाउँछ?
✔ परमेश्वर प्रेम र क्षमाको स्रोत हुनुहुन्छ :- उहाँले हाम्रा पापहरू क्षमा गर्न इच्छुक हुनुहुन्छ।
✔ परमेश्वरले प्रेम गर्नुहुन्छ, बाहिरी रूप हेर्नुहुन्न – समाजले पापिनी ठान्ने महिलालाई येशूले प्रेम गर्नुभयो र स्वीकार्नुभयो।
✔ सिमोन धार्मिक देखिन्थे, तर उनको मन कठोर थियो।
✔ पापी स्त्रीले प्रेम देखाइन्, पश्चात्ताप गरिन्, र परमेश्वरको अनुग्रह स्वीकार गरिन्।
✔ परमेश्वरले ठूलो पापलाई पनि क्षमा गर्न सक्नुहुन्छ, यदि हामी साचो पश्चात्ताप गर्छौं।
✔ परमेश्वरलाई विश्वास गर्नु महत्त्वपूर्ण छ – उद्धार केवल कर्मबाट होइन, विश्वासबाट आउँछ (पद ५०)।
(२) मानिसको बारेमा के सिकाउँछ?
✔ हामी सबै पापी छौं, र हामीलाई परमेश्वरको अनुग्रह चाहिन्छ।
✔ सिमोनले आफूलाई धार्मिक ठान्यो, तर साँचो प्रेम महिलाले देखाइन्।
✔ सिमोनले आफ्नो पाप नदेखी अरूलाई न्याय गर्यो ।
✔ धार्मिक देखिनु मात्र पर्याप्त छैन, हृदयमा साँचो प्रेम र विश्वास हुनुपर्छ।
✔ पापी स्त्री नम्र थिइन्, पश्चात्ताप गरिन्, र येशूलाई प्रेम गरिन्।
✔ मानिसहरूले अरूलाई न्याय गर्न खोज्छन्, तर परमेश्वरले हृदयलाई हेर्नुहुन्छ।
(३) येशूले हामीलाई के पालन गर्न भन्नुभएको छ?
✔ साँचो पश्चात्ताप गर्न – जस्तै त्यो महिलाले आँसु झार्दै पश्चात्ताप गरिन्।
✔ परमेश्वरलाई प्रेम गर्नुपर्छ, साँचो हृदयले।
✔ बाहिरी कर्म मात्र होइन, हृदयबाट प्रेम गर्नुपर्छ।
✔ अरूलाई क्षमा गर्नुपर्छ, जस्तै परमेश्वरले हामीलाई क्षमा गर्नुभयो।
✔ येशूले पापी स्त्रीलाई क्षमा गर्नुभयो, हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ।
✔ येशूमा विश्वास राख्नुपर्छ, किनकि उहाँ नै उद्धारको बाटो हुनुहुन्छ।
✔ "तिम्रो विश्वासले तिमीलाई बचायो" भन्ने येशूको वचन महत्वपूर्ण छ।
४.त्याग्नु पर्ने पापहरू :-
✔ अहंकार र आत्मधर्मीता – आफूलाई धार्मिक ठान्ने प्रवृत्ति।
✔ पश्चात्ताप नगर्ने हृदय – आफ्नो कमजोरी स्वीकार नगर्ने स्वभाव।
✔ माया र दयाको अभाव – अरूप्रति कठोर व्यवहार ।
५. पछ्याउनु पर्ने आज्ञा र उदाहरणहरू :-
✔ साँचो पश्चात्ताप गर्नु।
✔ येशूप्रति गहिरो प्रेम देखाउनु।
✔ विश्वासद्वारा उद्धार ग्रहण गर्नु।
- यो कथाले हामीलाई सिकाउँछ कि:
✅ परमेश्वरको प्रेम अनन्त छ।
✅ पाप जति ठूलो भए पनि, यदी हामी पश्चात्ताप गर्छौं भने परमेश्वर क्षमा गर्नुहुन्छ।
✅ हामीले अरूलाई प्रेम र क्षमा गर्नुपर्छ।
✅ येशू नै उद्धारको बाटो हुनुहुन्छ।
"तिम्रो विश्वासले तिमीलाई बचायो, शान्तिसँग जाऊ।" – लूका ७ :५०
✅ आजको पाठबाट म के पालन गर्नेछु?
1. येशूलाई साँचो प्रेम र सम्मान दिनेछु। (लूका 7:38)
2. परमेश्वरको अनुग्रहमा भरोसा राख्नेछु। (लूका 7:47)
3. विश्वासमा दृढ रहनेछु। (लूका 7:50)
4. अरूलाई प्रेम र क्षमा देखाउनेछु। (लूका 7:47)
👉 निष्कर्ष: म येशूको प्रेम स्वीकार गर्दै, विश्वासमा बढ्ने र अरूलाई प्रेम र क्षमा दिने प्रयास गर्नेछु!
छलफल प्रश्न
प्रश्न १: पापी स्त्रीले येशूसँगको भेटमा के प्रतिक्रिया देखाइन्?
प्रश्न २: सिमोनको दृष्टिकोण र पापी स्त्रीको दृष्टिकोणमा के फरक थियो?
प्रश्न ३: हामी कसरी साँचो पश्चात्ताप र विश्वास प्रकट गर्न सक्छौं?
प्रश्न ४: येशूको प्रेम र क्षमाका बारेमा हामीले के सिक्यौं, र यसलाई हाम्रो जीवनमा कसरी लागू गर्न सक्छौं?
प्रश्न ५: तपाईंको जीवनमा येशूलाई विश्वास गर्नुको महत्त्व के हो?
लूका १९:१–१० मा जखायस नामका एकजना धनी कर उठाउनेको कथा छ, जसले येशूलाई भेट्न खोज्छन्। यो कथा विशेष गरी पापीहरूलाई उद्धार दिन येशूको उद्देश्यलाई देखाउछ ।
कर उठाउने जखायस
येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए। येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्। तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे। जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्न गए।” जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” तब येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्। किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” लुका १९:१-१०
१. परमेश्वरको बारेमा के सिकाउँछ?
• परमेश्वर दयालु र प्रेमपूर्ण हुनुहुन्छ :- उहाँले पापीहरूलाई समेत प्रेम गर्नुहुन्छ र तिनीहरूलाई उद्धार दिन चाहनुहुन्छ (पद १०)।
• परमेश्वर व्यक्तिलाई बाहिरी रूपले होइन, हृदयबाट हेर्नुहुन्छ :- जखायस धनवान भए पनि समाजले उनलाई घृणा गर्थ्यो, तर येशूले उनलाई स्वीकार्नु भयो।
• परमेश्वर उद्धार दिन इच्छुक हुनुहुन्छ :- उहाँले जखायसलाई बोलाउनु मात्र भएन, उनको घरमै जानुभयो र उनलाई परिवर्तन गर्नुभयो।
२. मानिसको बारेमा के सिकाउँछ ?
• मानिसहरू बाहिरी कुरामा केन्द्रित हुन्छन् :- भीडले जखायसलाई कर उठाउने भएकै कारण घृणा गर्यो, तर येशूले उनको मन देख्नुभयो।
साँचो भेटले मानिसलाई रूपान्तरण गर्छ :- जब जखायसले येशूलाई चिने, उनले आफ्नो जीवन परिवर्तन गर्ने निर्णय लिए (पद ८)।
• हामी सबैलाई उद्धारको आवश्यकता छ :- जखायस जस्तो धनी र शक्तिशाली मानिसलाई पनि उद्धार चाहिएको थियो।
३. येशूले हामीलाई के पालन गर्न भन्नुभएको छ ?
• पश्चात्ताप गर्न :- जखायसले गलत गरेका कामहरू छोड्ने निर्णय गरे , त्यसैले हरेक व्यक्तिले आफ्नो पापबाट फर्कनुपर्छ।
• गरीब र अन्याय पीडितलाई सहायता गर्न :- जखायसले आफ्नो सम्पत्तिको आधा भाग गरीबलाई दिने घोषणा गरे (पद ८)।
• पापीहरूलाई प्रेम गर्न र उद्धारको अवसर दिनु :- येशूले जखायसलाई ग्रहण गर्नुभयो, जसरी हामीले पनि अरूलाई प्रेम गर्नुपर्छ।
४. त्याग्नु पर्ने पापको बारेमा के सिक्छौ?
अहंकार :–आफूलाई अरूसँग बढी श्रेष्ठ ठान्नु।
अन्याय र स्वार्थ – अरूसँग अन्यायपूर्ण व्यवहार गर्नु।
प्रेम र दयाको अभाव – अरूसँग कठोर र नराम्रो व्यवहार गर्नु।
🔎 मुख्य शिक्षा
1. येशू सबैलाई प्रेम गर्नुहुन्छ – जखायस जस्तो समाजमा घृणित मानिने मानिसलाई समेत उहाँले प्रेम गर्नुभयो।
2. साँचो पश्चात्ताप (repentance) – जखायसले आफ्नो जीवन परिवर्तन गर्ने निर्णय लिए, यसले देखाउँछ कि उद्धार केवल विश्वास मात्र होइन, जीवनशैली परिवर्तन पनि हो।
3. येशूको उद्देश्य – येशू पापीहरूलाई खोज्न र बचाउन आएका हुन् (पद १०)।
छलफल प्रश्न :-
१. जखायसको जीवनमा येशूको भेटले के परिवर्तन ल्यायो?
२. बाहिरी रूप र धनको महत्त्व के छ? येशूले जखायसलाई कसरी हेर्नुभयो?
३. हामी कसरी साँचो पश्चात्ताप र विश्वास प्रकट गर्न सक्छौं?
४. हामीलाई अरूसँग प्रेम र दया देखाउने बारेमा के सिक्न सकिन्छ?
५. जखायस जस्तो शक्तिशाली र धनी व्यक्ति पनि उद्धार चाहिन्छ, यसको के अर्थ छ?
📝 निष्कर्ष
यो कथाले देखाउँछ कि येशूले पापीहरूलाई खोज्नुभयो, माया गर्नुभयो, र तिनीहरूको जीवन रूपान्तरण गर्नुभयो जखायसले येशूलाई हृदयदेखि ग्रहण गरेपछि उनको जीवन परिवर्तन भयो। यो कथाले परमेश्वरको दया, मानिसको परिवर्तन, र उद्धारको सन्देश दिन्छ । येशूले हामी सबैलाई प्रेम गर्न आउनुभएको छ, र उहाँको प्रेमले हामीलाई नयाँ जीवन दिन सक्छ।
- पश्चात्ताप भन्नाले के बुझाउछ?
-पश्चात्ताप भन्नाले पापबाट फर्कनु र येशुलाई पछ्याउनु हो ।
- विश्वास भन्नाले के बुझाउछ?
- विश्वास भन्नाले येशुलाई प्रभु मानेर उहाँमा भरोसा गर्नु हो ।
- किन पश्चात्ताप गर्नु पर्छ?
- ( रोमी ३:२३,६:२३,१०:९)
- कोले पश्चात्ताप गर्नु पर्छ?
- सबैले ( प्रेरित २:३८-४१)
- विश्वासको निश्चयता के हो?
- हाम्रो मुक्ति येशुको हातमा सुरक्षित छ । ( यूहन्ना १:९,१०:२८)
लक्ष्य निर्धारण गर्नुहोस् :-
- म यो हप्ता कसलाई येशुको बारेमा बताउने छु?
- म यस हप्तामा येशूको प्रेम र उद्धारको सन्देश मेरो साथीलाई बताउनेछु।
- आजको पाठबाट म के पालन गर्नेछु?-
- येशूको प्रेम र उद्धारको सन्देश अरूसम्म पुऱ्याउनेछु ।
निस्कर्ष :- हाम्रो अध्ययन अनुसार परमेश्वरले तपाईलाई के गर्न आवश्यक छ भन्दै हुनुहुन्छ?
२.बप्तिसमा लिनुहोस् :- (मती २८:१९)
इथियोपियाका उच्च पदाधिकारी
त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्यहाँ मरुभूमिको बाटो छ।” अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए। उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढ़िरहेका थिए।तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।”फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्ने अनुरोध गरे। अब तिनले पढ़िरहेका धर्मशास्त्रको खण्ड यो थियो,
“जसरी भेड़ा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। उसको पुस्ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्वीबाट हरण भयो।”
तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” 35तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [ फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।”] तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए। तर जब उनीहरू पानीबाट बाहिर उक्लिआए, तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्नो बाटो लागे। तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए। प्रेरित ८:२६-४०
१. परमेश्वरको बारेमा के सिकाउन्छ?
1. परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ र मार्गदर्शन दिनुहुन्छ। (पद २६)
2. परमेश्वर सबै मानिसको उद्धार चाहनुहुन्छ। (पद २७–२८)
3. परमेश्वर सत्य खोज्नेहरूलाई सही मार्ग देखाउनुहुन्छ। ( पद २९–३१)
२. मानिसको बारेमा के सिकाउन्छ?
1. मानिसलाई परमेश्वरको वचन बुझ्न सहायता आवश्यक छ। ( पद ३०–३१)
2. जो कोही सुसमाचार ग्रहण गर्न सक्छ। ( पद ३२–३५)
3. साँचो विश्वासले मानिस परिवर्तन गर्छ। ( पद ३६–३९)
३. येशूले के पालन गर्न भन्नुभएको छ?
1. येशू नै उद्धारको मार्ग हुनुहुन्छ। ( पद ३५)
2. येशूमा विश्वास गर्नेले बप्तिस्मा लिनुपर्छ। ( पद ३७–३८)
3. येशूको अनुयायीहरूले सुसमाचार प्रचार गर्नुपर्छ। ( पद २९, ३९)
४. त्याग्नु पर्ने पापको बारेमा के सिक्छौ?
✅ जब हामी पापी र गलत विचारबाट बाहिर निस्कन्छौं, तब परमेश्वरको नेतृत्वमा हामी सही मार्गमा चल्न सक्छौं।
५.यस खण्डबाट हाम्रो जीवनमा के अपनाउने?
✅ परमेश्वरको मार्गदर्शनमा विश्वास राखेर सही निर्णय लिनु।
✅अरूसम्म सन्देश पुर्याउनु र पाप त्यागेर नयाँ जीवन अपनाउनु।
निष्कर्ष
यस कथाले देखाउँछ कि साँचो खोजी गर्नेहरुलाई परमेश्वरले सत्यको बाटो देखाउनुहुन्छ।
1.बप्तिस्मा भनेको के हो? (रोमी 6:3-4)
✅ ख्रीष्टको मृत्यु, गाडिने, र पुनरुत्थानसँग एकताको प्रतीक।
✅ पुरानो पापी जीवन त्यागी नयाँ जीवनमा प्रवेश।
2.किन बप्तिस्मा लिने? (मती 3:13-15)
✅ परमेश्वरको धार्मिकता पूरा गर्न।
✅येशूले पनि बप्तिस्मा लिनुभएको थियो, हामीले पनि उहाँको उदाहरण पछ्याउनुपर्छ।
3.कोले बप्तिस्मा लिनुपर्छ? (प्रेरित 2:38)
✅ जो कोही आफ्नो पापबाट फर्किन्छन्, येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी स्वीकार्छन्, र पवित्र आत्मा प्राप्त गर्न चाहन्छन्, उसले बप्तिस्मा लिनुपर्छ ।
4. कसरी बप्तिस्मा लिने? (मती 3:16)
✅ बप्तिस्मा पानीमा पूर्णरूपले डुबाएर लिइन्छ। येशूले पनि यही तरिकाले बप्तिस्मा लिनुभयो।
5. आजको पाठबाट म के पालन गर्नेछु? (1 पत्रुस 3:21)
✅ बप्तिस्मा शारीरिक सफाइ मात्र होइन, परमेश्वरसामु शुद्ध विवेकको प्रतिज्ञा हो भन्ने बुझ्नेछु।
✅ म परमेश्वरको आज्ञापालन गर्न सधैं तयार रहनेछु।
✅ ख्रीष्टमा नयाँ जीवन जिउन म निरन्तर प्रयास गर्नेछु।
छलफल प्रश्न
१. परमेश्वरको मार्गदर्शनमा हामी कसरी सही निर्णय लिन सक्छौं?
२. हामीलाई सुसमाचार बुझ्न र स्वीकार गर्न के सहयोग आवश्यक छ?
३. साँचो विश्वासले मानिसलाई कसरी परिवर्तन गर्न सक्छ?
४. बप्तिस्मा लिने महत्त्व के हो र यसले हाम्रो जीवनमा के परिवर्तन ल्याउँछ?
४. के कारण येशूले बप्तिस्मा लिएका थिए, र हामीलाई पनि यो उदाहरण किन पालन गर्नुपर्छ?
निष्कर्ष र चुनौती :- हामीले आजको सन्देशबाट के सिक्यौं, र यसलाई जीवनमा कसरी प्रयोग गर्ने?"
३.प्रार्थना गर :- (मती ६:९-१३)
हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ,तपाईंको नाउँ पवित्र होस्।तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्,जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
१. परमेश्वरको बारेमा के सिकाउन्छ?
✅ परमेश्वर हाम्रो प्रेमी पिता हुन्, जो हामीसँग नजिक छन् र हाम्रो हेरचाह गर्छन्।
✅ उहाँ पवित्र हुनुहुन्छ र उहाँको नाम आदरयोग्य छ।
✅ परमेश्वरले हाम्रा भौतिक र आत्मिक आवश्यकताहरू पूरा गर्नुहुन्छ।
✅ परमेश्वर क्षमाशील छन्, र जब हामी साँचो मनले पश्चात्ताप गर्छौं, उहाँले हामीलाई माफ गर्नुहुन्छ।
२. मानिसको बारेमा के सिकाउन्छ?
✅ हामी सबै पापी छौ, त्यसैले एक अर्कोलाई क्षमा दिनुपर्छ ।
✅हामीलाई शैतानको प्रलोभनबाट बच्न परमेश्वरको मद्दत चाहिन्छ।
३. येशूले के पालन गर्न भन्नुभएको छ?
✅ साँचो हृदयले प्रार्थना गर्नु ।
✅ परमेश्वरलाई पहिलो स्थान दिनु।
✅ अरूलाई क्षमा गर्न सिक्नु।
४.त्याग्नु पर्ने पापको बारेमा के सिक्छौ?
✅ पापबाट फर्कनु र परमेश्वरसँग क्षमा माग्नु आवश्यक छ।
५.पछ्याउनु पर्ने आज्ञा र उदाहरणको बारेमा के सिक्छौ?
✅ परमेश्वरको इच्छा र महिमालाई प्राथमिकता दिनु, पाखण्डी नबन्नु, र अरूसँग क्षमा गर्नु।
- 1. किन प्रार्थना गर्ने?
✅ परमेश्वरसँगको सम्बन्ध बलियो बनाउन।
✅ हाम्रो आवश्यकताहरू, क्षमा, र सुरक्षा प्राप्त गर्न।
2. कसरी प्रार्थना गर्ने?
✅ साँचो हृदय र विनम्रता साथ।
✅ परमेश्वरको महिमा र इच्छामा प्रार्थना गर्ने।
✅ दैनिक आवश्यकताहरू, क्षमा, र सुरक्षा माग्ने।
3. आजको पाठबाट म के पालन गर्नेछु?
✅ साँचो हृदयले प्रार्थना गर्नेछु ।
✅ परमेश्वरको इच्छालाई पहिलो प्राथमिकता दिनेछु ।
✅ एक अर्कोलाई क्षमा गर्नेछु र आत्मिक सुरक्षा माग्नेछु ।
निष्कर्ष र चुनौती :- आजको शिक्षाले हाम्रा जीवनमा के परिवर्तन ल्याउन सक्छ?"
४.जाऊ र चेला बनाउनुहोस् :- ( मती २८:१९-२०)
सामरी स्त्रीसँग येशूको वार्ता
यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ भन्ने फरिसीहरूले सुने। (वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे।) जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानुपर्थ्यो। र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्यान्ह भएको थियो।
एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।” उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।”त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।”
येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”। येशूले त्यसलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ।” त्यस स्त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्यौ, किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।”
येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ। हामी जे आराधना गर्दछौं सो जान्दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
त्यस स्त्रीले उहाँलाई भनी, “म जान्दछु, कि मसीह आउनुहुन्छ (जसलाई ख्रीष्ट भनिन्छ), र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।” येशूले तिनलाई भन्नुभयो, “तिमीसँग बोल्ने, म उही हुँ।”त्यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्क परे, तर “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसँग किन बातचीत गर्दैहुनुहुन्छ?” भनेर कसैले सोधेनन्। तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?” तब तिनीहरू नगरबाट निस्केर उहाँकहाँ गए। यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “रब्बी, भोजन गर्नुहोस्।”तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।” यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो?”
येशूले तिनीहरूलाई भन्नुभयो, “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। के तिमीहरू भन्दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ?’ म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ। जसले बाली काट्छ त्यसले ज्याला पाउँछ, र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्। किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्ने वचन यसैमा सत्य हुन्छ। मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।” “मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरे, र उहाँ दुई दिन त्यहाँ बस्नुभयो। अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे। त्यस स्त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौं।” यूहन्ना 4:1-42
१. परमेश्वरको बारेमा के सिकाउन्छ?
- परमेश्वर प्रेम र अनुग्रहको स्रोत हुनुहुन्छ – येशूले समाजद्वारा तिरस्कृत सामरी महिलासँग पनि प्रेमपूर्वक व्यवहार गर्नुभयो।
- परमेश्वरको वरदान सबैका लागि खुला छ – जिउँदो पानी (अनन्त जीवन) केवल येशूबाट प्राप्त गर्न सकिन्छ।
- परमेश्वर सबै मानिसहरूलाई मुक्ति दिन चाहनुहुन्छ :- यहूदी र सामरीबीच भेदभाव हुँदाहुँदै पनि येशूले उनलाई उद्धार दिनुभयो।
- येशू सबैका लागि उद्धारकर्ता हुनुहुन्छ । हाम्रो आत्मिक तिर्खा येशूबाट मात्र मेटिन्छ।
- परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।” (पद २४ )
२. मानिसको बारेमा के सिकाउन्छ?
- हामी सबैलाई आत्मिक तिर्खा छ – सामरी महिलाजस्तै, हामी सबैलाई जीवनको वास्तविक अर्थ खोज्ने आवश्यकता छ।
- हामी सबैलाई उद्धारको आवश्यक छ – मानिसहरूले भौतिक चीजहरूमा शान्ति खोज्छन्, तर साँचो शान्ति येशूबाट मात्र पाइन्छ।
- साँचो परिवर्तन अरूसँग बाँड्नुपर्छ – सामरी महिलाले येशूलाई भेटेपछि गाउँभरि उहाँको बारेमा प्रचार गरिन्।
३. येशूले के पालन गर्न भन्नुभएको छ?
- आत्मिक भोजन खोज्नु – येशूले भन्नुभयो, "मेरो भोजन भनेको परमेश्वरको इच्छा पूरा गर्नु हो।"
- सुसमाचार प्रचार गर्नु – सामरी महिलाले जस्तै, हामीले पनि येशूको सुसमाचार अरूसँग बाँड्नुपर्छ।
- अरूलाई प्रेम र सम्मान दिनुहोस् – येशूले समाजद्वारा तिरस्कृत सामरी महिलालाई प्रेम गर्नुभयो, हामीले पनि सबैलाई माया गर्नुपर्छ।
- परमेश्वरको इच्छामा जीवन बिताउनुहोस् – येशूले परमेश्वरको इच्छा नै आफ्नो भोजन भन्नुभयो, त्यसैले हामीले पनि उहाँको योजना अनुसरण गर्नुपर्छ।
- कोसँग येशुको कथा बाड्ने? ( यूहन्ना 4:16)
- आफ्नो परिवार, साथीभाई र छिमेकीहरुसँग येशुको कथा बाड्ने ।
- के साझा गर्ने? (यूहन्ना 4:29)
- सामरी महिलाले आफ्नो गवाही र येशुको कथा बाँडिन
- चेला बनाउन को योग्य छ? (यूहन्ना ४ अध्याय )
➡ सामरी महिला जस्तै, जो कोही योग्य छ!
- चेला कसरी बनाउने?
दुई वा तीन जनाको समूह बनाएर आफ्ना वरपरका मानिसहरुसँग प्रार्थना गर्ने , परमेश्वरको वचन बाँड्ने , येशूको शिक्षालाई अनुसरण गर्नेहरूलाई खोज्ने ।
यूहन्ना ४ अध्यायबाट हामी सिक्छौं कि चेला बनाउन यी मुख्य चरणहरू आवश्यक छन्:
1.येशूलाई चिन्ने – येशूलाई व्यक्तिगत रूपमा स्वीकारेर उहाँमा विश्वास गर्नु।
2. आफ्नो गवाही अरूसँग बाँड्ने :-
➡ "आउनुस्, उहाँलाई हेरौं!" (यूहन्ना 4:29) – सामरी महिलाले तुरुन्तै गाउँमा गएर येशूको बारेमा प्रचार गरिन्।
➡ ईश्वरीय प्रेम बाँड्ने – बिना कुनै हिचकिचाहट येशूले गरेका कामको साक्षी बन्ने।
3. अरूलाई सुसमाचार सुनाउने :-
➡ सुसमाचार प्रचार गर्ने (मत्ती 28:19-20) – चेलाहरू बनाउनका लागि येशूको शिक्षालाई अरूसम्म पुर्याउने।
➡ सत्य सिकाउने – परमेश्वरको वचन अध्ययन गर्न मदत गर्ने।
4.आत्मिक रूपमा हिँड्न सिकाउने :-
➡ प्रार्थना र बाइबल अध्ययनमा हौसला दिने।
➡ विश्वासमा बलियो बनाउन प्रोत्साहन गर्ने।
- लक्ष्य बनाउँनुहोस् :-
- म यो हप्ता कसलाई येशूको बारेमा बताउने छु?
म यस हप्तामा येशूको प्रेम र उद्धारको सन्देश मेरो परिवार,साथी र छिमेकीलाई बताउनेछु।
- आजको पाठबाट म के पालन गर्नेछु?
✅ साँचो आराधना गर्नेछु – केवल बाहिरी धार्मिक अभ्यास होइन, तर हृदयबाट परमेश्वरसँग सम्बन्ध बनाउने प्रयास गर्नेछु।
✅ सबैसँग प्रेमपूर्वक व्यवहार गर्नेछु – सामरी महिलालाई जस्तै, म पनि सबैसँग प्रेमपूर्वक व्यवहार गर्नेछु।
✅ सुसमाचार प्रचार गर्नेछु – अवसर मिल्ने बित्तिकै येशूको प्रेम र उद्धारको सन्देश बाँड्नेछु।
✅ परमेश्वरको इच्छामा जीवन बिताउनेछु – मेरो जीवनमा उहाँको योजना पूरा होस् भनेर प्रार्थना गर्नेछु।
छलफल प्रश्न
१. सामरी महिलासँग येशूको भेटले उसको जीवनमा के परिवर्तन ल्यायो?
२. सामरी महिलाले येशूसँगको भेट पछि कसरी आफ्नो समुदायमा सन्देश पुर्याइन्?
३. हामीलाई येशूबाट के पाठ सिक्न सक्छौं ?
४. साँचो आराधना के हो?
५. कसरी हामी अरूसम्म सुसमाचार पुर्याउन सक्छौं?
५.प्रेम गर ( मती २२:३७-३९)
असल सामरीको दृष्टान्त
व्यवस्थाका एक जना पण्डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” उहाँले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?” तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्यसै गर, र तिमी जिउनेछौ।” तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए। संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो। र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।” लुका १०:२५-३७
१. यस कथाबाट परमेश्वरको बारेमा के सिकाउन्छ?
- परमेश्वरले हामीलाई प्रेम र करुणा देखाउन सिकाउनुहुन्छ, जसरी असल सामरीले देखायो।
- परमेश्वरका दृष्टिमा सबै जातिहरू समान छन्, र उहाँको प्रेम सबैको लागि छ।
- परमेश्वरले मानवताको शारीरिक र आत्मिक दुखाइमा प्रेम र दया देखाउँनुहुन्छ ।
२. यस कथाबाट मानिसको बारेमा के सिकाउँछ?
- धर्मी देखिने तर प्रेम नदेखाउने मानिसहरूका तुलनामा असल सामरीले प्रेमको उदाहरण प्रस्तुत गरे।
- पूजाहारी र लेवीले धर्म जान्थे, तर प्रेम देखाएनन्।
- सामरीले जातीय र धार्मिक भेदभाव नगरी, केवल प्रेम र करुणा देखाए।
- सामरीहरू यहूदीहरूका लागि "टाडा पारिएका" जाति थिए, तर असल सामरी नै साँचो छिमेकी देखिए।
३.यस कथाबाट येशूले हामीलाई के पालन गर्न भन्नुभएको छ?
- प्रेम केवल शब्दमा होइन, कार्यमा देखिनुपर्छ।
- हामीले सबैलाई प्रेम गर्नुपर्छ ।
- हामीले दया र करुणा देखाउनु पर्छ ।
- हामीले हाम्रो स्वार्थ र घमण्डलाई त्याग्नुपर्छ ।
- पालन गर्नुहोस् ।
- प्रेम भनेको के हो?
- ( 1 कोरिन्थी 13 अध्याय )
- किन प्रेम गर्ने?
- उहाँका चेलाहरु भएकाले । (यूहन्ना 13:34-35)
- कोलाई प्रेम गर्ने?
- परमेश्वर र छिमेकीलाई । (मती 22:37-39)
- प्रेम कसरी गर्ने?
- प्रेमले परमेश्वरका आज्ञा पालन गर्न प्रेरित गर्दछ। ( यूहन्ना 14:15)
- लक्ष्य निर्धारण गर्नुहोस् :- म यो हप्ता कसलाई प्रेम देखाउनेछु?
- म मेरो परिवार, साथीहरू, र अरूसँग प्रेम देखाउनेछु।
- आजको पाठबाट म के पालन गर्नेछु ।
- प्रेममा आधारित जीवन जिउनेछु – म हरेक व्यक्तिसँग प्रेम र दया देखाउनेछु।
- प्रेम र आज्ञा पालन गर्नेछु – येशूले भन्नुभएको प्रेमका आज्ञाहरू अनुसरण गर्नेछु।
- साँचो प्रेम देखाउनेछु – मैले अरूसँग सहानुभूति र आत्मिक समर्थन दिन्छु।
१.यस कथाले परमेश्वरको प्रेम र करुणाको बारेमा के सिकाउँछ?
२. पूजाहारी र लेवी किन सहायता गर्न रोकिए?
३. येशूले किन सामरीलाई उदाहरण दिनुभयो?
४. हाम्रो समाजमा असल सामरी जस्तै कसरी बन्न सकिन्छ?
५. "मेरो छिमेकी को हो?" भन्ने प्रश्नको उत्तरबाट हामी के सिक्न सक्छौं?
६.आराधना गर्नुहोस् :-(मती ४:१०)
जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी। त्यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्दै चिच्च्याई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्।” त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।” अनि त्यो दुष्टात्मा त्यही घड़ी निस्किहाल्यो।
तर त्यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्दै लगे। अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्चाउँछन्। यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाउँछन् जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्यायसङ्गत छैन।”
तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्त्र च्यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए। उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्यालखानमा हालिदिए, र झ्यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्ने हुकुम दिए। यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले। झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।” तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”
अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। तब रातको त्यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। त्यसपछि तिनीहरूलाई घरमा ल्याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्वरमा विश्वास गरे भन्ने कुरामा उनका सारा परिवारसँग उनी आनन्दित भए। तर उज्यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।” तब झ्यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्केर शान्तिसँग जानुहोस्।” तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्ने पिटे, र झ्यालखानमा पनि हाले, र अब हामीलाई गुप्तमा निकाल्न खोज्छन्? यो हुन सक्दैन। उनीहरू आफै आऊन् र हामीलाई निकालेर लैजाऊन्।” ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन् भन्ने सुनेर उनीहरू डराए। उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे । तिनीहरू झ्यालखानबाट बाहिर निस्केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्साहन दिई बिदा भए। प्रेरित १६:१६-४०
यो कथा पावल र सिलास जेलमा हुँदा भएको आश्चर्यजनक घटनालाई वर्णन गर्छ। यस घटनाले परमेश्वरको शक्ति, विश्वास, स्तुति, र उद्धारको महत्त्व देखाउँछ।
१. परमेश्वरको बारेमा के सिकाउँछ?
✅ परमेश्वर हाम्रो दुःखमा पनि हामीसँग हुनुहुन्छ।
✅ उहाँले प्रार्थना र स्तुतिको माध्यमबाट आश्चर्य रूपमा काम गर्नुहुन्छ।
✅ परमेश्वरले उद्धारको मार्ग खोल्नुहुन्छ, जस्तै जेलरको परिवारलाई उद्धार दिनुभयो।
✅ परमेश्वर सधैं हामीसँग हुनुहुन्छ।
२. मानिसको बारेमा के सिकाउँछ?
✅ हामी संकटमा परमेश्वरलाई पुकार्न सक्छौं।
✅ साँचो विश्वासले जीवन परिवर्तन गर्छ।
✅ हामी सबैलाई उद्धारको खाँचो छ ।
३. येशूले के पालन गर्न भन्नुभएको छ?
✅ "प्रभु येशूमा विश्वास गर, अनि तिमी र तिम्रो परिवारले उद्धार पाउनेछ।"
✅ हाम्रो विश्वास र व्यवहारले अरूलाई येशूकहाँ ल्याउन सक्छ।
✅ हामीले कठिन परिस्थितिमा पनि परमेश्वरको स्तुति गर्नुपर्छ।
- पालन गर्नुहोस् :-
- आरधना कसरी गर्ने? ( एफिसी 5:18-21, कलस्सी 3:16-17)
✅ दाखमद्यले होइन तर पवित्र आत्माले निर्देशित जीवन जिउनुहोस्।
✅ परमेश्वरको आराधनामा गीत र स्तुति महत्वपूर्ण छ।
✅ परमेश्वरलाई सबै कुरामा धन्यवाद दिनुहोस्।
✅नम्रताका साथ एक अर्कालाई सम्मान गर्दै आराधना गर्नुहोस्।
✅हरेक कार्य येशूको महिमा गर्नका लागि गर्नुहोस्। (कलस्सी 3:17)
- परीक्षा र दुःखमा धैर्य राख्नुहोस् (याकूब १ अध्याय)
✅ विश्वास परिपक्व बनाउन परीक्षा आउँछ।
- परमेश्वरको वचनमा दृढ रहनुहोस् (लूका ८:४-१५ – बीउको दृष्टान्त)
✅ परमेश्वरको वचनलाई पहिलो प्राथमिकता दिनुहोस्।
✅ परमेश्वरको वचन सुन्नुहोस् र पालन गर्नुहोस् ।
✅ दु:ख,कष्ट आउँदा परमेश्वरबाट अलग नहुनुहोस्।
निष्कर्ष
✅ आराधना गीत, स्तुति, धन्यवाद, र नम्रतासाथ गर्नुपर्छ।
✅ परीक्षा र दुःखमा धैर्य राख्नुपर्छ, किनभने यसले हाम्रो विश्वास बलियो बनाउँछ।
✅ परमेश्वरको वचनलाई सुन्न, पालन गर्न, र गहिरो जरा गाड्न आवश्यक छ।
- म यो हप्ता कसलाई येशूको बारेमा बताउनेछु?
✅परिवारका कुनै सदस्यलाई, जसले अझै येशूलाई व्यक्तिगत रूपमा चिनेका छैनन्।
✅ कुनै दु:खी वा समस्यामा परेका व्यक्ति, जसलाई आशा र प्रेमको आवश्यकता छ।
✅ जसलाई परमेश्वरले मेरो अगाडि ल्याउनुहुन्छ, तिनलाई म उहाँको प्रेम र सत्यको बारेमा बताउनेछु।
- आजको पाठबाट म के पालन गर्नेछु?
✅ आराधना आत्मा र सत्यतामा गर्नेछु।
✅ धैर्य राख्नेछु, विशेष गरी कठिन परिस्थितिमा।
✅परमेश्वरको वचनमा दृढ रहनेछु र यसलाई आफ्नो जीवनमा लागू गर्नेछु।
✅ प्रेम, धैर्य, र सत्यतासँग येशूको सुसमाचार बाँड्नेछु!
छलफल प्रश्न
१.पावल र सिलासले जेलमा के गरिरहेका थिए, जसले जेलरलाई प्रभाव पार्यो?
२.परमेश्वरले कठिन परिस्थितिमा कसरी आफ्नो शक्ति देखाउनुभयो?
३. जेलरले किन आत्महत्या गर्न खोजे, र पावलले के भने?
४. जेलरले उद्धार प्राप्त गर्न के गर्नुपर्यो?
५. यो कथाले हामीलाई कठिन परिस्थितिमा परमेश्वरप्रति कस्तो विश्वास राख्न सिकाउँछ?
६. हामीले कठिनाइमा पनि परमेश्वरको स्तुति र आराधना किन गर्नुपर्छ?
७. हाम्रो विश्वासले अरूलाई कसरी प्रभु येशूकहाँ ल्याउन सक्छ?
निस्कर्ष :- हाम्रो अध्ययन अनुसार परमेश्वरले तपाईलाई के गर्न आवश्यक छ भन्दै हुनुहुन्छ?
७.प्रभु भोज ग्रहण गर :- ( लुका २२:१९-२०)
अन्तिम भोज
अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो। उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाड़को भोज तयार गर।” तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग, र तिमीहरूले त्यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’ उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तयार गर।”
तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को तयारी गरे। अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहोउञ्जेल म यो भोज फेरि खानेछैनँ।” तब कचौरा लिएर धन्यवाद चढ़ाउनुभएपछि उहाँले भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआउञ्जेल अब उप्रान्त अङ्गुरको रस म पिउनेछैनँ।”अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। लूका २२:७–२०
✅ निस्तार-चाड़को तयारी (पद ७–१३) – येशूले पत्रुस र यूहन्नालाई फसहको भोज तयार गर्न पठाउनुभयो। तिनीहरूले येशूको भनाइअनुसार ठाउँ पाए र तयारी गरे।
✅ अन्तिम भोज (पद १४–१८) – येशूले चेलाहरूसँग भोजन गर्नुभयो र भन्नुभयो, "मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ।"
✅ प्रभु भोजको स्थापना (पद १९–२०) – येशूले रोटीलाई "मेरो शरीर", र दाखरसलाई "मेरो रगत" को प्रतीकको रूपमा दिनुभयो, र भन्नुभयो, "मेरो सम्झनामा गर्ने गर।"
१. परमेश्वरको बारेमा के सिकाउँछ?
✔ परमेश्वरले उद्धारको योजना बनाउनुभएको छ।
✔ येशू नै नयाँ करारको माध्यम हुनुहुन्छ।
✔ उद्धारका लागि येशूले आफ्नो प्राण दिनुभयो।
२. मानिसको बारेमा के सिकाउँछ?
✔ हामीलाई येशूको बलिदान आवश्यक छ।
✔ उद्धार केवल येशूमा विश्वास गरेर सम्भव छ।
✔ प्रभुको भोजले हामीलाई उहाँको प्रेम र बलिदान सम्झाउँछ।
३. येशूले के पालन गर्न भन्नुभएको छ?
✔ "मेरो सम्झनामा यो गर्ने गर।" → प्रभु भोज मनाउनु।
✔ नयाँ करारअनुसार जीवन जिउनु।
✔ परमेश्वरको उद्धार योजनालाई बुझ्नु।
- पालन गर्नुहोस् :-
✔ प्रभु भोजको अर्थ के हो?
-येशूको बलिदानको सम्झना हो। -( १ कोरिन्थी ११:२६ )
✅ रोटी :- येशूको शरीरको प्रतीक हो, जुन हाम्रा लागि तोडियो।
✅ दाखरस :- येशूको रगतको प्रतीक हो, जुन हाम्रा पापहरूका लागि बगाइयो।
✔ कसले ग्रहण गर्नुपर्छ?
✅ बप्तिस्मा लिएका विश्वास गर्नेहरुले ( प्रेरित २:४२ )
✔ आजको पाठबाट म के पालन गर्नेछु?
✅प्रभुको भोजलाई सम्झन र येशूको बलिदानको महत्त्वलाई अरूसँग बाँड्ने प्रयास गर्नेछु।
निष्कर्ष
यस कथाले देखाउँछ कि येशू नै हाम्रो उद्धारकर्ता हुनुहुन्छ, र उहाँले आफ्नो शरीर र रगत दिएर हाम्रो लागि नयाँ करार स्थापना गर्नुभयो। प्रभु भोजले हामीलाई येशूको बलिदान सधैं सम्झन गर्न प्रेरित गर्छ।
छलफल प्रश्न :-
1. येशूले फसह (निस्तार-चाड़) मनाउन किन चाहनुभयो, र यसले के प्रतिनिधित्व गर्छ?
- येशूले निस्तार-चाड़ मनाउन चाहनुको मुख्य कारण भनेको परमेश्वरको छुटकाराको योजना पूरा भएको घोषणा गर्नु थियो।
✅ येशूले निस्तार-चाड़ मनाउनुभयो किनभने यो इस्राएलीहरूका लागि दासत्वबाट मुक्ति (प्रस्थान १२) सम्झाउने चाड थियो।
✅ यसले येशूलाई अन्तिम बलिदानको रूपमा चित्रित गर्छ, जसले मानिसहरूलाई पापबाट मुक्ति दिनुभयो (१ कोरिन्थी ५:७)।
2. प्रभु भोजमा रोटी र दाखरसको प्रतीकात्मक अर्थ के हो?
✅ रोटी – येशूको शरीरको प्रतीक हो, जुन हाम्रा लागि तोडियो (लूका २२:१९)।
✅ दाखरस – येशूको रगतको प्रतीक हो, जुन पाप क्षमाका लागि बगाइयो (मत्ती २६:२८)।
3. येशूले “मेरो सम्झनामा यो गर्ने गर” भन्नुको अर्थ के हो?
✅ प्रभु भोज ग्रहण गर्दा हामीले येशूको बलिदान सम्झनुपर्छ।
✅ यसले उद्धारको योजना र परमेश्वरको अनुग्रहलाई निरन्तर मनन गर्न सिकाउँछ।
✅ प्रभु भोज हाम्रो विश्वास नवीकरण गर्ने समय हो।
4. प्रभु भोजले हामीलाई येशूको बलिदानको बारेमा के सिकाउँछ?
✅ येशूले स्वेच्छाले हाम्रो लागि आफ्नो जीवन दिनुभयो।
✅ उहाँको बलिदानले हामीलाई नयाँ जीवन र उद्धार दिन्छ।
✅ प्रभु भोज हामीलाई उहाँको प्रेम, अनुग्रह, र क्षमालाई सम्झाइरहन्छ।
5. हामीले प्रभु भोज ग्रहण गर्दा कस्तो मनोभाव राख्नुपर्छ?
✅ आत्मनिरीक्षण – प्रभु भोज ग्रहण गर्नु अघि हामीले आफैंलाई जाँच्नुपर्छ (१ कोरिन्थी ११:२८)।
✅ आभार – येशूको बलिदानको लागि धन्यवाद दिनुपर्छ।
✅ विश्वास – प्रभु भोज ग्रहण गर्दा हामीले उद्धारको आनन्द मनाउनु पर्छ।
✅ एकता – मण्डलीका अन्य विश्वासीहरूसँग मेलमिलाप र प्रेम कायम राख्नुपर्छ।
6. नयाँ करारको अर्थ के हो, र यसले हाम्रो जीवनमा के प्रभाव पार्छ?
✅ नयाँ करार – येशूको रगतद्वारा स्थापना भएको सम्बन्ध, जसमा पाप क्षमा र अनन्त जीवनको प्रतिज्ञा छ (लूका २२:२०)।
✅ प्रभाव –
✔ पापबाट मुक्ति – अब बलिदान आवश्यक छैन, येशू नै पवित्र बलिदान हुनुहुन्छ।
✔ आत्मिक जीवन – हामी प्रेम, क्षमा, र विश्वासमा चल्नुपर्छ।
✔ परमेश्वरसँग प्रत्यक्ष सम्बन्ध – हामी अब उहाँका सन्तान हौं (यूहन्ना १:१२)।
7. हामी कसरी येशूको बलिदानलाई दैनिक जीवनमा सम्झन सक्छौं?
✅ प्रार्थना र धन्यवादद्वारा उहाँलाई सधैं सम्झने।
✅ उहाँको आज्ञाहरू पालन गर्दै पवित्र जीवन जिउने।
✅ प्रभु भोज ग्रहण गर्दा उहाँको बलिदानको महत्त्वलाई पुनः स्मरण गर्ने।
✅ अरूलाई प्रेम, दया, र क्षमा देखाउँदै येशूको उदाहरण अनुसरण गर्ने।
८. दान गर ( मती ६:१-४)
अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए। अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।
आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई। किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”मर्कुस १२:४१-४४
१. परमेश्वरको बारेमा के सिकाउँछ?
- परमेश्वरले दानको मात्राभन्दा मनको भाव हेर्नुहुन्छ।
- उहाँ साँचो बलिदानलाई महत्त्व दिनुहुन्छ।
२. मानिसको बारेमा के सिकाउँछ?
- साँचो बलिदान बाहिरी देखावटी होइन, मनको श्रद्धाबाट दिनुपर्छ।
- परमेश्वरमा पूर्ण विश्वास राख्नु आवश्यक छ।
३. येशूले के पालन गर्न भन्नुभएको छ?
- निस्वार्थ रूपमा दिने र परमेश्वरमा भरोसा राख्ने।
- धनमा मात्र होइन, प्रेम र सेवामा बलिदान गर्ने।
- निस्वार्थ प्रेम र सेवा गर्न सिक्नु।
- साँचो बलिदान प्रेम र श्रद्धाबाट दिनु।
- स्वार्थरहित हृदय राखी, परमेश्वरमा भरोसा गर्दै दिने आदत विकास गर्ने।
- परमेश्वरको राज्यका लागि साँचो बलिदान गर्न तयार रहने।
- बाहिरी देखावटीभन्दा मनको श्रद्धा महत्वपूर्ण हुने भएकाले प्रेम र विश्वासका साथ सेवा गर्ने।
४. त्याग्नु पर्ने पापको बारेमा के सिक्छौ?
- बाहिरी देखावटी दान र स्वार्थी मानसिकता त्याग्नुपर्छ।
- साँचो विश्वास बिना गरिने कुनै पनि कार्य परमेश्वरलाई ग्रहणीय छैन।
- धनीहरूले आफ्ना बाँकी धनबाट मात्र दिए, तर विधवाले सम्पूर्ण चढाइन्। लोभ र आफूलाई मात्र सोच्ने स्वभाव त्याग्नुपर्छ।
५.किन दान गर्ने? (२ कोरिन्थी ९:६-७)
- दान गर्दा हामी परमेश्वरको प्रेम र आशीर्वाद प्राप्त गर्छौं।
- परमेश्वर र मानिसलाई प्रेम गर्न ।
६.कोलाई दान गर्ने? (प्रेरित 4:34-35)
जसलाई आवश्यक छ, तिनीहरूलाई दान गर्नुपर्छ।
प्रारम्भिक मण्डलीमा विश्वास गर्नेहरूले आफ्नो सम्पत्ति बाँडेर अभावमा परेका विश्वास गर्नेहरूलाई सहायता गरे।
५.म यो हप्ता कसलाई दान गर्नेछु?
- म यो हप्ता कठिन परिस्थितिमा परेका हरेक व्यक्ति र प्रभुका सेवकहरुलाई हृदय देखि सहायता गर्नेछु ।
६. आजको पाठबाट म के पालन गर्नेछु?
- परमेश्वरमा पूर्ण विश्वास राख्नेछु ।
- निस्वार्थ रूपमा दिने र सेवा गर्नेछु ।
- बाहिरी देखावटी होइन, साँचो मनबाट बलिदान गर्नेछु ।
🔎 निष्कर्ष
विधवाको साँचो बलिदानले देखाउँछ कि परमेश्वरले हाम्रो हृदयको भावलाई प्राथमिकता दिनुहुन्छ। हामीले प्रेम, श्रद्धा, र विश्वासका साथ निस्वार्थ रूपमा सेवा गर्नुपर्छ।
छलफल प्रश्न :-
१. येशूले विधवाको साँचो बलिदानको बारेमा के सिकाउन चाहनुभएको थियो?
- येशूले साँचो बलिदान बाहिरी देखावटीभन्दा हृदयको निस्वार्थ भावनामा आधारित हुनु पर्छ भन्ने सिकाउनुभयो।
२. साँचो बलिदानका लागि परमेश्वरको दृष्टिकोण के हो?
३. धनीहरूले आफ्नो धनको थोरै हिस्सा दिए पनि विधवाले सम्पूर्ण चढाएर के शिक्षा दिइन्?
४. हाम्रो अध्ययन अनुसार परमेश्वरले तपाईलाई के गर्न आवश्यक छ भन्दै हुनुहुन्छ?
९. सँगै भेला होउ :-(हिब्रु १०:२४-२५)
पहिलो चर्च ( प्रेरित २:३६-४७)
त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।”यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।” 41तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।
विश्वासीहरूको सङ्गति
तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए। तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे,र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।
१. परमेश्वरको बारेमा के सिकाउँछ?
- परमेश्वर सबैलाई क्षमा र उद्धार दिन चाहन्छन् (पद ३८)।
- उहाँ पवित्र आत्मा दिन इच्छुक हुनुहुन्छ (पद ३८)।
- परमेश्वर सबैलाई बोलाउनु हुन्छ, चाहे उनीहरू नजिकका हुन् या टाढाका किनभने उहाँको इच्छा सबैलाई जीवन दिनु हो। ।
२. मानिसको बारेमा के सिकाउँछ?
- मानिस पापी छन् र उनीहरूलाई परमेश्वरसँग सम्बन्ध पुनः स्थापित गर्नको लागि पश्चात्ताप गर्न आवश्यक छ।
- मानिसलाई साँचो पश्चात्ताप र बप्तिस्माको माध्यमबाट पापको माफी र उद्धार प्राप्त गर्न आवश्यक छ।
- मानिसहरूलाई एकता, प्रेम र सहकार्यमा बाँच्नुपर्ने छ।
- ख्रिष्टियन समुदायमा आत्मिक रूपले बलियो र एकजुट हुनुपर्छ।
- मानिसहरूले परमेश्वरसँग सम्बन्ध कायम गर्न र उहाँको इच्छाअनुसार बाँच्नुपर्छ।
३. येशूले के पालन गर्न भन्नुभएको छ?
- येशूले मानिसहरूलाई पश्चात्ताप गर्न र उहाँको नाममा बप्तिस्मा लिन निर्देशन दिनुभयो।
- उहाँले पवित्र आत्मा प्राप्त गर्ने र परमेश्वरको इच्छाअनुसार जीवन यापन गर्ने सिकाउनुभयो।
- येशूले अरूसँग प्रेम र दया व्यवहार गर्न, र पापबाट बच्न आग्रह गर्नुभयो।
- पापबाट फर्कनु र परमेश्वरको इच्छाअनुसार जीवन यापन गर्नु )।
४.त्याग्नु पर्ने पापको बारेमा के सिकाउँछ?
पापले परमेश्वरसँगको सम्बन्धमा अवरोध पुर्याउँछ र यसको लागि साँचो पश्चात्ताप आवश्यक छ।
६. मण्डली कहिले भेला हुन्छ?
- नियमित रुपमा - ( प्रेरित २:४६, हिब्रु १०:२४-२५)
७. मण्डली किन भेला हुन्छ?
- परमेश्वरलाई महिमा दिन -(१ कोरिन्थी १०:३१)
८.म यो हप्ता कसलाई चर्चमा निम्त्याउनेछु?
- म यो हप्ता मेरो साथीलाई चर्चमा निम्त्याउनेछु ।
५. आजको पाठबाट के पालन गर्नेछु?
- म पश्चात्ताप गरेर येशूमा विश्वास राख्नेछु र ख्रिष्टियन समुदायमा एकता र प्रेममा बाँच्नेछु।
- म आफ्नो पापबाट पश्चात्ताप गर्नेछु र येशूमा विश्वास गरेर उहाँको उद्धारलाई स्वीकार्नेछु।
- परमेश्वरको इच्छा अनुसार जीवन जिउने प्रतिज्ञा गर्नेछु।
- छलफल प्रश्न :-
- मण्डलीमा भेला हुने उद्देश्य के हो?
- हामीले आजको सन्देशबाट के सिक्यौं, र यसलाई जीवनमा कसरी प्रयोग गर्ने?"
- हाम्रो अध्ययन अनुसार परमेश्वरले तपाईलाई के गर्न आवश्यक छ भन्दै हुनुहुन्छ?
# दिर्घकालिण चेलापन :-
- ३/३
१. पछाडि फर्केर हेर्नुहोस् (Look Back)
- हेरचाह (Care): एकअर्काको ख्याल राख्ने।
- सोध्नुहोस् :- तपाइको हालको अबस्था कस्तो छ?
- आराधना गर :- गीत गाउनु, प्रार्थना गर्नु, प्रभुको भोजनमा सहभागी हुनु।
- जवाफदेहि बन्न :- आफ्नो लक्ष्य साझा गर ।
२.माथि हेर्नुहोस् (Look Up)
नयाँ पाठ पढ्नुहोस ।
- परमेश्वरको आज्ञा पढ्नु।
- कथा सुनाउनु र पढ्नु।
- खोज प्रश्नहरू (Discovery Questions)
- यो कथा मार्फत हामीले परमेश्वरको बारेमा के सिक्न सक्छौं?
- यो कथा मार्फत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
- कथा सुनेपछि, हामीले कसरी पालन गर्ने भनेर विचार गर्नु?
- S.P. E. C विधि प्रयोग गरेर छलफल गर्नुहोस् ।
३. अगाडि हेर्नुहोस् (Look Forward)
अभ्यास (Practice):
कथा पुनः सुनाउने अभ्यास गर्नुहोस् ।
- ३ चक्र प्रयोग गरेर सुसमाचार साझा गर्न अभ्यास गर्नुहोस् ।
लक्ष्य निर्धारण (Set Goals):
- तपाईले यो हप्ता कसलाई चेला बनाउने योजना बनाउनु हुन्छ ।
(S. P. E.C. को अर्थ।)
S- (Sin to avoid)।
- के यस बाइबल खण्डले कुनै पापको बारेमा चेतावनी दिएको छ।
- के म कुनै गलत कार्य गरिरहेको छु, जुन म रोक्नुपर्छ ।
P-(promise to claim) (दाबी गर्नुपर्ने प्रतिज्ञा)
- के परमेश्वरले कुनै प्रतिज्ञा गर्नुभएको छ जुन म विश्वास गर्न सक्छु।
- के यस खण्डमा जीवन परिवर्तन गर्ने कुनै प्रतिज्ञा छ।
E-( Example to follow )- (अनुसरण गर्नुपर्ने उदाहरण )
- के म बाइबलका कुनै खण्डबाट केही सिक्न सक्छु ।
- के यो खण्डको आचरण राम्रो छ जसलाई म अनुसरण गर्न सक्छु ।
C-(Command to obey) ( पालन गर्नुपर्ने आदेश )
- के परमेश्वरले केही विशेष आदेश दिनुभएको छ ?
- के म यसको पालन गर्न तयार छु ।
✅उदाहरण :- सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। १ तिमोथी 2:4
✅ S (पाप) – परमेश्वरको इच्छालाई वेवास्ता गर्नु गलत हो।
✅ P (प्रतिज्ञा) – परमेश्वर सबैलाई उद्धार दिन चाहनुहुन्छ।
✅ E (उदाहरण) – पावलले सबैलाई सुसमाचार सुनाए।
✅ C (आदेश) – सत्य प्रचार गरौं र उद्धारको मार्ग देखाऊँ।
- मुख्य सन्देश: परमेश्वरको इच्छा सबैको उद्धार गर्नु हो, हामीले सत्य स्वीकार्नुपर्छ।
- निष्कर्ष :- S. P. E. C विधिले बाइबल अध्ययनलाई सरल र व्यवाहारिक बनाउँछ ।

Comments
Post a Comment